युरोपेली देशबाट अमेरिकामा हुने हवाई उडानमा प्रतिबन्ध

काठमाडौं, २८ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपबाट अमेरिकामा हुने सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएका छन् ।

कोरोनाभाइरस सङ्क्रमण रोक्ने प्रयासस्वरूप ट्रम्पले एक महिनाका लागि युरोपियन देशबाट अमेरिका यात्रामा प्रतिबन्धको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले घोषणा गरेको नियम ब्रिटेनको हकमा भने लागु हुने छैन।

उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ।

अमेरिकाको यो निर्णयको असर संसारभर पर्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here