अभिनेता टम ह्यान्सका दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं, २९ फागुन । अभिनेता टम ह्यान्स र उनकी श्रीमती रीता विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त रहेको समयमा अभिनेता टम ह्यान्सका दम्पतीलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानाकारी दिएका छन् ।

उनले आफूहरुले पूर्ण रुपमा स्वास्थ्य लाभ नभएसम्म उपचार र स्वास्थ्यको ख्याल पृथक ढंगले गर्ने पनि बताएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालबाटै जानकारी दिने पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here