कोरोना सम्बन्धी आशंका छ, १११५ मा फोन गर्नुहोस्

काठमाडौं, २९ फागुन । सर्वसाधारणलाई कोरोना सम्बन्धी जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १११५ को हटलाइन नम्बरको व्यवस्था गरेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार बिहान ११ बजेदेखि कुनै पनि खालका सङ्‌क्रमणबारे जानकारी दिन कल सेन्टर सञ्चालन गर्न लागेको छ।

जनस्वास्थ्यका १८ स्वास्थ्यकर्मीलाई तालिम दिएर सर्भिलेन्स अफिसरको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

सर्भिलेन्स अफिसरले कुनै व्यक्तिमा कोरोनाको आशंका लागेमा विमानस्थल, होटल र घरसम्मको विस्तृत विवरण राखेर विशेष निगरानी गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here