क्यानडेली प्रधानमन्त्रीको दम्पती आइसोलेसनमा

काठमाडौं, ३० फागुन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडु र उनकी श्रीमती सोफी कोेरोना संक्रमणको आशंकामा ‘सेल्फ आइसोलेसन’ मा बसेका छन्।

‘लण्डनको एक कार्यक्रममा संबोधन गरेर भर्खरै फर्केपछि, प्रधानमन्त्रीपत्नी सोफीमा हल्का ज्वरो र अन्य मिडफ्लु जस्तै लक्षण देखापरेपछि आइसोलेसन बसेका हुन् ।

सोफीलाई कोरोना संक्रमणको आशंका भएपछि उनको जाँचको रिपोर्ट नआएसम्म उनीहरु छुट्टै बस्न लागेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यहाँको प्रधानमन्त्री कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि उनी घरमै सेल्फ आइसोलेसनमा छन्। त्यसपछि उनमा देखिएका लक्षणमा केहि कमी आइसकेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here