अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द

काठमाण्डौं, ३० फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको श्रम स्वीकृती अनिश्चितकालका लागि बन्द गरेको छ ।

विश्वव्यापी रुपमा कारोना भाइरसको संक्रमण बढ्दै गएको कारण्मा नेपाली श्रमिकको श्रम स्वीकृति बन्द गरिएको वैदेशिक रोजगार विभागले बताएको छ ।

यसका साथै अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठनले बिहीबार कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेसंगै बिहीबार नै बसेको कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले यसअघि नै दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरिसकेको थियो ।

पछिल्लो समय नेपालको मुख्य श्रम गन्तव्य रहेका देशहरु कतार, साउदी, मलेसिया, यूएई मा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here