शुभेच्छुकलाई हात हल्लाउँदै बालुवाटार फर्किए प्रधानमन्त्री

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साँझ डिस्चार्ज भएका छन्।

मिर्गौला प्रत्यारोपणको १० औं दिनमा अस्पतालबाट बालुवाटारस्थित निवासमा फर्किएका हुन् । घर फर्किने क्रममा शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए ।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री नियमित फलोअपमा रहनुपर्ने अस्पतालले जनाएको छ। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनकी मिर्गौलादाता समीक्षा संग्रौला यसअघि डिस्चार्ज भइसकेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here