‘कोर बैंकिङ’ को काम लगाउने बैंक तथा वित्तीय संस्थालाई लगाम

काठमाडौं, १ चैत । बैंक तथा वित्तीय संस्थाहरुले अब करारमा कर्मचारी राखेर ‘कोर बैंकिङ’को काम लगाउन नपाउने भएका छन् ।

कोर बैंकिङको काम लगाएका कारण असुरक्षा बढेको निष्कर्श निकाल्दै राष्ट्र बैंकले उक्त व्यवस्थामा लगाम लगाएको हो । यो व्यवस्थासँगै अब बैंकहरूले करारमा कर्मचारी राखेर ‘कोर बैकिङ’को काम लगाउन पाउने छैनन् ।

बैंकहरुले पैसा जोगाउनका लागि करारमा कर्मचारी राखेर कोर बैंकिङको काम लगाउँदै आएका थिए । कोर बैंकिङ भनेको सम्बन्धित बैंकको सिस्टम खोल्न र बन्द गर्न पाउने एक्सेस हो । करारमा राखिएका कर्मचारीले बैंकको सिस्टम खोल्न र बन्द गर्न वा सिस्टमभित्र प्रवेश गर्न पाउने छैनन् ।

राष्ट्र बैंकले कर्मचारी सेवा विनियमावली लागू गर्दै कस्ता किसिमका कर्मचारी मात्रै करारमा राख्न पाउने र करारमा राख्दा पालना गर्नुपर्ने शर्तका बारेमा पनि व्यवस्था गरेको छ ।

बैंकहरूले बैंकको प्रमुख कार्यहरू सम्पादन गर्ने गरी करारर ज्यालादारी वा आकस्मिक रोेजगारीमा लगाउन नपाइने व्यवस्था गरेको छ । तर, कुनै खास काम वा सेवा किटान गरी सो सम्पन्न गर्नका लागि करार र ज्यालादारी वा आकस्मिक कर्मचारी नियुक्ति गर्न सकिने भने सकिने छ ।

यस्ता कर्मचारीले बैंकको सिस्टम खोल्न र बन्द गर्न वा सिस्टमभित्र प्रवेश गर्न भने पाउने छैनन् । कोर बैंकिङ बाहेकका काममा भने बैंकहरुले करारमा कर्मचारी राख्न पाउने छन् । यद्यपि बैंकहरूले प्राविधिक, कन्सल्ट्यान्ट, कार्यालय सहयोगी, प्लम्बरलगायतका कर्मचारी भने राख्न पाउने छन् ।

कर्मचारी विनियमावली अनुसार बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीलाई व्यवस्थापकीय, अधिकृत, सहायक र सहयोगी गरी ४ श्रेणीमा वर्गीकरण गरिएको छ । साथै विनियमावलीले कर्मचारीको उमेर हद पनि तोकेको छ ।

कुनै पनि बैंकको व्यवस्थापक हुनको लागि २१ वर्ष पुरा भएको हुनुपर्छ भने अधिकृतको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्छ भने सहायक श्रेणी १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । सहयोगी कर्मचारीको उमेर हद भने पदपूर्ति समितिले निर्धारण गर्न सक्नेछ । कर्मचारीको परिक्षणकाल भने ६ महिनामात्र राख्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here