प्रधानमन्त्री र प्रचण्डबीच भेट

काठमाडौं, १ चैत । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् ।

शनिबार बालुवाटारमा यी दुई नेताबीच भेटवार्ता भएको हो । प्रचण्ड प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राख्दै मिर्गौलाको दोस्रो पटकको प्रत्यारोपण सफल भएकोमा बधाई समेत दिएका थिए ।

प्रचण्डले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शुक्रबार साँझ मात्र अस्पतालबाट डिस्चार्ज भई निवास फर्किएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here