बिल गेट्सले किन छाडे माइक्रोसफ्ट ?

संसारकै धनी व्यक्ति तथा माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले आफ्नो कम्पनीको संचालक समितिबामट राजिनामा गरेका छन् । माइक्रोसफ्ट कम्पनीले यस विषयका पुष्टी गरेको छ ।

त्यसो त उनले कम्पनीको कार्यकारी भूमिका यसअघि नै छाडेका थिए । कम्पनीका अनुसार अब उनी अधिकतम समय समाजसेवामा बिताउन चाहन्छन् । तर, आवश्यक पर्दा प्राविधिक सल्लाहकारको भूमिकामा भने उनी जोडिनै रहनेछन् ।

माइक्रोसफ्ट कम्पनीका अनुसार बिल गेट्स अब विश्वकै शिक्षा र स्वास्थ्यमा आफ्नो योगदान दिन चाहन्छन् । त्यसकारण उनी अब सामाजिक काममा बढी व्यस्त रहनेछन् ।

कम्पनीका अनुसार ग्लोबल हेल्थ, विकास, शिक्षा र जलवायु परिवर्तनका मुद्दामा उनको रुची रहेको छ । सोहीकारण उनले कम्पनीको संचालक समितिबाट राजिनामाको निर्णय लिएका हुन ।

उनले माइक्रोसफ्ट आफ्नो जिन्दगीको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गरेका छन् । साथै यस कम्पनीका लागि योगदान दिन पाउनु आफ्नो लागि गर्वको विषय भएको भन्दै उनले अब आफू संसारकै सबैभन्दा कठिन चूनौतिहरुसँग लड्ने तयारीमा रहेको उल्लेख गरेका छन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here