‘महामारीलाई हेलचेक्र्याइँका रूपमा लिनु हुँदैन, सहकार्य गर्दै सामना गरौ’-मोदी

काठमाडौं, २ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध एकजुट भएर अगाडि बढ्न सार्क मुलुकलाई आग्रह गरेका छन्।

भिडियो कन्फ्रेन्स मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रहरु मिलेर भाइरसको रोकथाम गर्नुपर्ने बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनले भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको उल्लेख गर्दै मोदीले भने,’ यो महामारी फैलिरहेको अवस्थामा भोलि के हुन्छ भनेर थाहा छैन। त्यसैले हामी सार्क राष्ट्रहरु एक साथ आएर भाइरस विरुद्ध लड्नु पर्छ।’‘

यो महामारीलाई हेलचेक्र्याइँका रूपमा लिनु हुँदैन,’ उनले भने, ‘यसबाट सचेत भएर कसरी यो महामारीलाई परास्त गर्ने भन्नेतर्फ सोच्नुपर्छ। औषधि, आइसोलेसन वार्ड, विशेषज्ञ डाक्टर व्यवस्थापनमा उचित ध्यान दिनुपर्छ।’ महामारीका घडीमा एक अर्का मुलुकले सहयोगको भावना लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

मोदीले भाइरसलाई रोक्न सबै राष्ट्रहरुले आ९आफ्नो देशमा गरिरहेको प्रयास साझा गर्न समेत आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here