संस्कार समाजको अध्यक्षमा गुरुङ सचिवमा समीर

काठमाडौं । संस्कार समाज नेपालको अध्यक्षमा पुनः पशुपति गुरुङ सर्वसम्मत चयन हुनु भएको छ । संस्थाको कार्यालय सुन्धारामा सम्पन्न दोश्रो साधरण सभाबाट गुरुङको अध्यक्षतामा ७ सदस्सीय नयाँ कार्य समिति गठन भएको छ ।

संस्थाको उपाध्यक्षमा रुपा नेपाली, सचिवमा प्रकाश ‘समीर’, सहसचिवमा माया देवी आचार्य तिवारी, कोषाध्यक्षमा लीला माया गुरुङ, सदस्यहरुमा देवी कमार, मिथिला कर्मचार्य निर्विरोध चयन हुनु भएको हो । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक पुरुषोत्तम पोखरेलले पद तथा गोपनीयताको सपथ खुवाउनु भएको थियो ।

संस्थापक अध्यक्षसमेत रहनु भएकी अध्यक्ष गुरुङले दोश्रो पटक आफूलाई अध्यक्ष पद सुम्पिनु भएकोमा सम्पूर्ण सदस्यहरुलाई आभार व्यक्त गर्दै आफू तन, मन, धन, वचन र कर्मले अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

वार्षिकोत्सव कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्दै का.म.न.पा. वडा नं. २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले संस्कार समाज नेपाल नमूना संस्थाको रुपमा स्थापित भईसकेको बताउनु भयो । त्यस्तै समाजसेवी पुरुषोत्तम पोखरेल, पत्रकार बलराम कोइरालाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु हुदै संस्थाले अगाडि बढाएका कार्यक्रमहरु समाज र राष्ट्रका लागि अति महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो ।

संस्थाले संचालन गर्दै आएको समृद्ध राष्ट्र निर्माण महाअभियानको १५० औं श्रृङ्खला सम्पन्न गरेको छ भने हरेक महिनाको १ गते, विहान ८ बजे, १ घण्टा, १ सय मिटर दुरीमा देशव्यापी सरसफाई महाअभियान संचालन गर्दै आएको छ । स्कूल स्कूलमा असल संस्कार, देशभरका सार्वजनिक यातायातहरुमा सचेतना अडियो सामग्री, डस्विन वितरण जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here