काठमाडौं, २ चैत । कास्कीको लुम्ले केन्द्रविन्दु भएर आइतबार साँझ भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको आइतबार ८ बजेर ४५ मिनेटमा लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।