कालीमाटीमा कुन तरकारीको मूल्य कति ?

काठमाडौं, ३ चैत । भान्सामा प्रयोग हुने अत्यावश्यक सामान तरकारीको मूल्य प्रायः घटबढ भइरहन्छ ।

एक दिन कम मूल्य भएको तरकारी भोलिपल्ट ह्वात्तै बढेको पाइन्छ भने कुनै समय अघिल्लो दिनको तुलनामा तरकारीको मूल्य स्वाट्टै घटेको पनि पाइन्छ ।

भान्साको सारथी तरकारीको मूल्य बढ्दा हाम्रो भान्सा समेत महङ्गो हुने गरेको छ । दिनहुँजसो तरकारीको मूल्य घटबढ भइरेको छ ।

तरकारीको थोक तथा खुद्रा बिक्रि हुने मुख्य बजार कालीमाटी तरकारी बजारका अनुसार आज लसुन ३२० रुपैयाँ प्रतिकिलो पुगको छ ।

त्यस्तै भेडे खुर्सानी १३०, लसुन हरियो १४० हरियो धनिया प्रतिकिलो ६० मा किनबेच भइरहेको छ ।

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here