अमेरिकालाई ज्याक मालेले पठाए १० लाख मास्क र पाँच लाख टेस्टिङ किट

काठमाडौं, ३ चैत । भारतका मुकेश अम्बानीलाई पछि पारेर एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका ज्याक माले अमेरिकालाई १० लाख मास्क र पाँच लाख टेस्टिङ किट सहयोग गरेका छन्।

अलिबाबाका संस्थापक माले कोरोना भाइरससँग लडिरहेका अरू मुलुकलाई पनि सहयोग गर्ने जनाएको छ।

सोमबार बिहान चीनको सांघाईमा ती सामान चाइना इस्टर्न एयरलायन्सको जहाजमा राख्न लागिएको तस्बिर ज्याक माले ट्वीट गरेका छन्।

उनले लेखेका छन् मास्क र कोरोना भाइरस परीक्षण गर्ने किट बोकेको जहाज सांघाईबाट उड्दैछ।