ट्राफिक जाम कम गर्न विद्यालय सञ्चालनको समय ९ देखि ३ बजेसम्म बनाउने प्रस्ताव

काठमाडौं, ३ चैत । काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या बढ्दै गएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपत्यकाका निजी विद्यालयलाई बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गरेको छ।

अहिले उपत्यकाका सबैजसो निजी विद्यालय बिहान १० देखि दिउँसो ४ बजेसम्म सञ्चालन भैरहेका छन् ।

कार्यलय जाने तथा फर्किने समयमा विद्यार्थीलाई टाढाटाढाबाट बसमा ल्याउने, लैजाने गरेको कारण ट्राफिक व्यवस्थापन गर्न कठिन हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here