ललितपुरका यी क्षेत्रमा मंगलबारबाट ३ दिन बत्ती नहुने

काठमाडौं । ललितपुरका केही क्षेत्रहरुमा ३ दिन बत्ति नहुने भएको छ ।

नेपाल विद्युत प्रधिकरणमा अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिगं फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडिगं कार्य गर्नुपर्ने भएकोले ४, ६ र ८ गते विहान १० बजेबाट साँझ ६ बजेसम्म सट डाउन हुने भएको हो ।

उक्त फिडर अन्तर्गत चुनिखेल, छम्पि, सल्यानटार, इटाहिटी, कामीडाडा, टिकाभैरव, देविचौर, बुरुंगचुली एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रमा विद्युत आपुर्ती नहुने प्रधिकरणले जनाएको छ।

प्राधिकरणको अनुसार कार्य निर्धारित समय अगाडि नै सम्पन्न भएमा उक्त समय भन्दा अगावै लाइन सुचारु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here