दोधारा चाँदनीको उखुवारीमा चितुवाको बच्चा भेटियो

दोधारा, ४ चैत । माहाकाली नगरपालिकाको एक किसानको उखुवारीमा चितुवाको बच्चा फेला परेको छ् ।

माहाकाली नगरपालिका वडा नं. , हेल्थपोष्ट निवासी सन्तोष सुनारको उखुवारीमा आज उखु काट्दै गर्दा ३ वटा चितुवाको बच्चा फेला परेको सन्तोष सुनारले बताएका छन् ।

चितुवाको बच्चा भर्खरै जन्मिएको र आँखा राम्रो समेत नखुलेको अवस्थामा उखुवारीमा भेटिएको सन्तोष सुनारले बताए । उखुवारीमा चितुवाको बच्चा फेला परेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली उखुवारीमा पुगेका थिए ।

चितुवाको बच्चा भेटिएको खबर पाएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगा“उको प्राबिधीक टोली पुग्दा सम्म चितुवाले बच्चालाई उखुवारीमा लुकाई सकेको बताईएको छ् । बच्चा सहित चितुवा उखुवारीमा देखा परेपछि स्थानियहरुमा त्रास छाएको छ् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया रेञ्ज पोष्टबाट खटिआएको हात्ती सहितको टोलीले उखुवारीमा चितुवाको खोजी कार्य अघि बढाएको हो ।

पिपरैया रेञ्ज पोष्टका सिनियर गेमस्र्कट सक्क बहादुर रोकायाले उखुवारीमा देखिएको बच्चा चितुवाको नभई जंगली बिरालोको प्रजातीको हुनसक्ने बताएका छन् ।

केही दिन अघि चितुवाले किसान सन्तोष सुनारको ४ वटा खसी बाख्रा माथी आक्रमण गरेको थियो । केही वर्ष देखी माहाकाली नगरपालिका क्षेत्रमा शुक्लाफा“टा राष्ट्रिय निकुञ्ज र भारतिय जंगलबाट बस्ती भित्रिदै आएको चितुवा तथा वन्यजन्तुले दर्जनौ किसानहरुको अन्नवाली र चौपाया माथी आक्रमण गर्दै आएको स्थानिय किसानहरुले बताउदै आएपनि सरोकारवालाले यस बारे खासै चा“सो नदेखाएको स्थानियहरुको गुनासो बन्दै आएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here