भिडभाड हुने चार स्थानमा ‘ट्राफिक आइल्याण्ड’, प्रभु र कृषि विकास बैंकको सहयोग

काठमाडौं, ५ चैत । काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने चार स्थानमा ट्राफिक आइल्याण्ड’ बनाउने भएको छ ।

प्रभु बैंक र कृषि बिकास बैंकको सहकार्यमा जमल, रत्नपार्क, माइतीघर मण्डललगायतका स्थानमा ‘ट्राफिक आइल्याण्ड’ बनाउन लागेको हो ।

प्रभु बैंक र कृषि बिकास बैंकसँग काठमाडौं महानगरपालिकाले छुट्टाछुट्टै सम्झौता गरी काठमाडौंको रत्नपार्क, जमल, तीनधारा पाठशाला गरी ३ स्थानमा ट्राफिक आइल्याण्ड बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

त्यसैगरी माइतीघर मण्डला अघिल्तिरको बगैँचालाई अहिलेको डिजाइन नविग्रिने गरी सौन्दर्यीकरण र हरियाली प्रवद्र्धन गर्ने गरी कृषि बिकास बैंकसँग सम्झौता गरेको छ ।

काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगै अन्य क्षेत्रसँग पनि साझेदारीमा यस्तो सम्झौता गरेसँगै सहरी सौन्दर्यीकरण र हरियाली प्रवद्र्धनमा थप टेवा पुग्ने देखिएको छ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौँ महानगपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका विभिन्न स्थानमा ट्राफिक आइल्याण्ड आफैँ बनाउन सक्षम रहे पनि नीजि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि यस्तो सम्झौता गरेको बताए ।

‘हामीसँग पैसा नभएर नीजि क्षेत्रलाई ट्राफिक आइल्याण्ड बनाउन दिएका होइनौँ,’ प्रमुख शाक्यले भने, ‘नीजि क्षेत्रलगायतलाई पनि प्रोत्साहन गर्न हामीले यस्तो सम्झौता गरेका हौँ ।

सम्झौताबमोजिम बैङ्कले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिका ट्राफिक आइल्याण्डमा बगैचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।

आउँदो ५ बर्षका लागि भएको सम्झौताबमोजिम आइल्याण्डको व्यवस्थापन गरेवापत्को खर्च बैङ्क आफैंले व्यहोर्नेछ । आइल्याण्डमा बैङ्क र महानगरको परिचय झल्कने लोगो राखिनेछ ।

यसमा बिज्ञापन सामाग्री राखिने छैन । आपसी सहमतिमा राखिने डिजिटल बोर्डमा सन्देशमुलक सामाग्री मात्र राखिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here