एक हजार रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, ५ चैत । मंगलबार प्रतितोला २०० रुपैयाँ घटेको छापावाल सुनको मूल्य बुधबार भने बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १००० रुपैयाँ बढ्यो ।

मंगलबार प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा बुधबार १००० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधबार तजावी सुनको मूल्य पनि प्रतितोला १००० रुपैयाँले नै बढ्यो ।

मंगलबार प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा बुधबार १००० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार २०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

बुधबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन ।

आज चाँदीको मूल्य प्रतितोला ७ सय १० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here