बेरोजगार हुनुहुन्छ ? चैतभित्रै वडा कार्यालयमा निवेदन दिनुस् !

फाइलफोटो

काठमाडौं, ५ चैत । के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने छ ।

बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी दिन पुन:नाम दर्ताको लागि सूचना जारी गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत १०० दिने रोजगारीको लागि नाम दर्ता गर्न अब्हान गरेको हो । ।

विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी स्वरुप आफू स्थायी बसोबास गरेको वडामा यही चैत महिनाभरमा दर्ता हुनुपर्ने सूचना सरकारले दिएको छ।

पहिलोपटक पनि १०० दिन रोजगार कार्यक्रममा दिने काम नभएर झार उखेल्ने काम समेत गरेर करोडौँको बजेट सकाइएको भन्दै विरोध भएको थियो ।

झार उखेल्ने, रङ लगाउने जस्ता झिनामसिना काम गरेर बजेट सकेको भन्दा भन्दै यसपटक पनि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई निरन्तरता दिईएको छ ।

बेरोजगार नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटो, बसाइसराइ गरेर आएको भएमा बसाइसराइको प्रमाणपत्रको फोटोकपी, पढेको भए शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपीसहित फाराम भर्नु पर्नेछ ।

यो वर्ष हरेक स्थानीय तहलाई न्यूनतम १० लाख रुपैयाँ देखि अधिकतम ७५ लाख रुपैयाँ सम्म विनियोजन गरिएको छ।

यो रकम पहिले जस्तो झार उखेल्ने काममा नभएर ग्रामीण सडक निर्माण, सडक मर्मत, विद्युतीकरण र तटबन्ध निर्माण लगायतका स्थानीय योजनामा मात्रै खर्च गर्न पाइने भनिएको छ।

न्यूनतम रोजगार प्रदान गर्न नसके सरकारले बेरोजगार परिवारलाई एक जना श्रमिकले सय दिनमा पाउने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता दिनु पर्नेछ।

सरकारले व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरुमा सहकार्य र समन्वय गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here