काठमाडौं । रघुपति जुट मिलको बिजुली काटिएको छ । साढे १५ करोड रुपैयाँ बक्यौता नतिरेपछि बाध्य भएर बिजुली काटिएको विराटनगर वितरण केन्द्रले जानकारी दिएको छ ।
केन्द्रको अनुसार जुट मिलले डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।
मिलले बक्यौता रकम तिरेमा फेरि बिजुली जडान गरिदने प्राधिकरणले बताएको छ ।