कारोनाको भ्रम फैलाए कारबाही, अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न आग्रह

काठमाडौं, ५ चैत । विश्वभर कोभिड–१९ को त्रास फैलिदा कोरोना संक्रमण तथा रोकथामका निम्ति सरकारले विभिन्न कार्यक्रम सार्वजनिक गरिसकेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोनाको विषयमा भ्रम फैलाउनेलाई कारबाही गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले अत्यावश्यक काममा बाहेक हिँडडुल नगर्न आग्रह गरेको छ।

कोरोना भाइरसबारे उच्च सतर्कता अपनाउन भन्दै सरकारले अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न भनेको हो।

‘अत्यावश्यक काममा बाहेक हिँडडुल नगर्ने,’ समितिले भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here