एसईई परीक्षा स्थगित

काठमाडौं, ५ चैत । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो।

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको सचिवालय बैठकमा परीक्षा रद्द भएको निर्णयबारे जानकारी गराएका हुन्।

परीक्षाको अर्को भने तोकिएको छैन। यसअघि पोखरेल संयोजक रहेको उक्त समितिले मानिसहरूको भिड हुने सिनेमा हल, पौडी पोखरी, सांस्कृतिक केन्द्र र रंगशालाहरू पनि डेढ महिनाका लागि बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here