एसईई परिक्षार्थीको प्रश्नः नेपालमा कोरोना देखिएकै छैन्, परीक्षा नरोकेको भए हुन्थ्यो !

काठमाडौं, ६ चैत । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई ) बुधबार अर्को सूचना प्रकाशन नहुँदा सम्मको लागि स्थगित गर्‍यो । सरकारले सार्वजनिक गरेको यो सूचनाले सबैलाई अचम्मित पार्‍यो ।

सरकारले एसईई परीक्षा स्थगन गरेको सूचना नपाएका कतिपय विद्यार्थी बिहीबार बिहानै परीक्षा केन्द्रसम्म पुगे ।

एसईई सुरु हुनुभन्दा केही घण्टा अघिमात्रै आएको त्यो सूचनाले विद्यार्थीहरुमा निराशा देखिएको छ । खासगरी यो सूचनाले घरबाट टाढा परिक्षा सेन्टर रहेका विद्यार्थीहरु सबैभन्दा धेरै समस्यामा परे ।

१४ किलोमिटर टाढा एसईई दिन गएका विद्यार्थी गएको २४ घण्टा नबित्दै फर्किए

सरकारको यो निर्णयले देशभरका सबै विद्यार्थीहरु प्रभावित बने । गोरखा जिल्ला शहिद लखन गाउँपालिका स्थित श्री सहिद स्मृति उच्च मा.वि. का विद्यार्थीहरु पनि यो समस्याबाट अछुतो रहन सकेनन् ।

बुधबार विहान करिब १० बजे आफ्नो विद्यालयभन्दा करिब १४ किलोमिटर टाढा श्री भगवती हिमालयन मा.वि. बतासे पुगेका श्री सहिद स्मृतिका ८७ जना विद्यार्थी गएको २४ घण्टापनि नबित्दै अर्थात विहिबार करिब ९ बजे घरमै आइपुगे ।

घर आइपुग्दा विद्यार्थीको अनुहार मलिन देखिन्थ्यो । एसईई दिन जादाँको त्यो उत्साह र कौतुहलता शुन्य भएको प्रष्ट देखिन्थ्यो ।

नेपालमा कोरोना देखिएकै छैन् परीक्षा नरोकेको भए के बिग्रन्थ्यो ? -देवेन्द्र खनाल

सरकारको नेपालमा हालसम्म नदेखिएको कोरोनाको संक्रमण बढ्ने भन्दै परिक्षा सुरु हुनुभन्दा केही घण्टाअघि परीक्षा स्थगित भएको सूचना निकालेर गलत गरेको श्री सहिद स्मृतिका एसईई परिक्षार्थी देवेन्द्र खनालले बताए ।

‘नेपालमा अहिलेसम्म कोरोना संक्रमण महामारिको रुपमा फैलिएकै छैन् यस्तो अवस्थामा परिक्षामा मुखैमा आएको परीक्षा रोक्नु पर्ने कारण के थियो र ?’ उनले भने, ‘हाम्रो परिक्षा नरोकेको भए के बिग्रन्थ्यो र ? परीक्षा गराउदैमा महामारी फैलने पनि त होईन ।’

झन थप चिन्तामा परिक्षार्थी

परिक्षा स्थगित भएसंगै एसईई परिक्षार्थीमा एउटै प्रश्न उठ्न थालेको छ । ‘अब स्कुल त बन्द भयो परीक्षाको तयारी कसरी गर्ने ?’

सरकारको निर्णय अनुसार चैत मसान्त सम्मको लागि त सम्पुर्ण शैक्षिक गतिविधी रोकिएको छ । यस अवस्थामा घरमै एसईई परिक्षको तयारी गर्न झनै कठिन हुने परिक्षार्थी खनाल बताउँछन् ।

परीक्षासकाएर बस्न पाएको भए कति रमाईलो हुन्थ्यो होला । अब त झन थप चिन्ता थपिएको छ ।’ उनले भने, ’ उनले भने, ‘अब एक महिना त यसै पनि परीक्षा हुँदैन् । यसमा थप संक्रमण देखियो भने समय झनै बढ्न सक्छ ।’

अब विद्यार्थीमा थप अन्यौल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डको तथ्यांक अनुसार यस वर्ष देशभर ५ लाख भन्दा धेरै विद्यार्थीले एसईई परिक्षाको लागि फारम भरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here