फोनपे को ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना स्थगित

काठमाडौं । विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेको कारण फोनपे को ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना तत्कालका लागी स्थगित गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेकोे निर्देशन अनुसार फोन पे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका लागी यस उपहार योजना स्थगित गरिएको कम्पनीले बताएको छ ।

स्वास्थमा पर्ने जोखिमलाई मध्यनजर गर्दै दुबई भ्रमण ट्रिप जित्ने विजेतालाई समेत वर्तमान विकराल अवस्था नियन्त्रणमा आएपछि मात्र भ्रमण गराइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here