दोधारा-चाँदनीमा ५० केजी अवैध कुखरा नष्ट

पप्पु गुरुङ्ग, दोधारा,७ चैत । माहाकालीमा प्रहरीले झण्डै भारतबाट ल्याउदै गरेको ५० केजी कुखुरा बरामद गरेको छ ।

माहाकाली नगरपालिका वडा नं। २ मायापुरी सामुदायिक बन नजिक भारतबाट ल्याउदै गरेको झण्डै ५० केजी बोईलर कुखुरा प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट गएको गस्ती टोलीले साईकलमा सिमावर्ती भारतिय बजारबाट ल्याउदै गरेको अबैध बोईलर कुखुरा बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमको कमाण्डमा खटिएको गस्ती टोलीले साईकलमा राखेर ल्याउँदै गरेको अवस्थामा अबैध कुखुरा बरामद गरेको हो ।

प्रहरीको गस्ती टोलीलाई देखेपछि कुखुरा छाडेर तस्करहरु भागेको बताईएको छ् । बोईलर कुखुरालाई स्थानिय, जनप्रतिनिधीको रोहबरमा खाडल हाली नष्ट गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बताएका छन् ।

कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम तथा नियन्त्रणका लागी माहाकाली नगरपालिकाको बिपद् ब्यवस्थापन समितिले हिजो देखी लागु हुने गरि १० दिनको लागी माहाकाली नगरपालिका संग जोडिएको नेपाल–भारतको खुला सिमाका बाटोहरु बन्द गर्ने निर्णय गरेपछि स्थानिय प्रशासनले आवात जावतमा रोक लगाउदै आएको हो ।

माहाकाली नगरपालिका नगरकार्यपालिकाको कार्यालयले केही दिन अघि भारतबाट आयात हुदै आएको कुखुरा, माछा, बंगुर, अण्डा तथा मासुजन्य पदार्थमा पुर्णरुपमा रोक लगाउने निर्णय समेत गरेको थियो ।

माहाकाली नगरपालिका कार्यालयले गरेको कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम तथा नियन्त्रणका लागि गरिएको निर्णयहरु कार्यान्वय गर्न माहाकाली नगरपालिका स्थित रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी आज बिहानै देखी नेपाल–भारत सिमा क्षेत्रमा खटिदै आएका छन् ।

माहाकाली नगरपालिकासँग जोडिएका नेपाल–भारत सिमाका बाटोहरुमा आवात जावतमा पुर्ण प्रतिबन्ध गर्न ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका सुरक्षा अधिकारीहरु खटिदै आएको बताईएको छ् ।
बिश्वब्यापीरुपमा देखिएको कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम तथा नियन्त्रणको लागी आवतजावतमा पुर्ण प्रतिबन्ध गरेकोमा स्थानियहरुले माहाकाली नगरपालिकाको निर्णय स्वागत योग्य रहेको बताउदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here