इटालीमा एकैदिन ६ सय २७ को मृत्यु, ३० हजार बढी संक्रमित थपिए

काठमाडौं, ८ चैत । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा इटालीमा मात्र ६ सय २७ जनाको मृत्यु भएको छ।

योसँगै इटालीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ४ हजार ३२ पुगेको छ।

इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ४७ हजार २१ पुगेको समाचार संस्था एएफपीले जनाएको छ।

कोरोना भाइरस संक्रमण सुरुवात स्थल चीनभन्दा पनि अहिले इटाली सबैभन्दा बढी संक्रमण फैलिने मुलुकमा परेको छ।

‘इपिसेन्टर’ चीनमा हालसम्म ३ हजार २ सय ५५ जनाले ज्यान गुमाएका छन् भने पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन्। इटाली, स्पेन, जर्मनी, र इरान लगायतका देशहरूमा पनि ठूलो संख्यामा मानिसले ज्यान गुमाइरहेका छन्।