लुकीछिपी नेपाल भित्रनेको संख्या बढ्यो, जोखिममा दोधारा-चाँदनी

पप्पु गुरुङ्ग, दोधारा, ८ चैत । कोरोना भाइरस को उच्च जोखिममा माहाकाली नगरपालिका पर्ने देखिएको छ् ।

माहाकाली नगरपालिका नेपाल–भारतको खुला सीमा क्षेत्र भएकाले सीमा क्षेत्रहुँदै लुकीछिपी नेपाल भित्रिनेको संख्यामा बृद्धि हुदै आएको स्थानियहरुले बताएका छन् ।

माहाकाली नगरपालिकाको सीमाक्षेत्र हुँदैै दैनिक दर्जनौ नागरिक मजदुरीका लागी भारत गएको र उनीहरु फर्किदा जोखिम बढ्न सक्ने सम्भावना बढेको हो ।

माहाकाली नगरपालिका कार्यालयले १० दिनको लागी माहाकाली नगरपालिकाको नेपाल–भारत खुला सिमाका बाटोहरु बन्द गर्ने निर्णय गरिएता पनि लुकीछिपी माहाकाली नगरपालिका भित्रिनेको संख्या बढेर गएको स्थानियहरुको भनाई छ ।

केही दिन अघि माहाकाली नगरपालिका नगर बिपद् ब्यवस्थापन समितिको बैठकले माहाकाली नगरपालिका कोरोना भाइरसको उच्च जोखिम बढ्न सक्ने निष्कर्र्ष निकाल्दै नेपाल–भारतका सीमा बाटोहरुमा आवात जावतमा पुर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।

भारतिय शहरहरुमा कोरोना भाइरस (कोभिड–१९) कारण त्यहा रहेका होटेल तथा कलकारखाना बन्द भएपछि पछिल्लो समय भारतमा रहेका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) का लागी नेपाल सुरक्षित स्थान रहेको भन्दै कतिपय भारतीय नागरिक समेत माहाकाली नगरपालिका क्षेत्रमा आउन थालेको बताईएको छ् ।

माहाकाली नगरपालिकामा कति जना भारतबाट कुन अवस्थामा भित्रिएका छन भन्ने कुनै एकिन तथ्याङ समेत छैन् । माहाकाली नगरपालिकाका सयौं नागरिक रोजगारीका लागी माहाकाली नगरपालिकाका खुला सीमा क्षेत्र हुँदै भारतको दिल्ली, गुजरात, बम्बई लगाएत शहरहरुमा भित्रिने संख्या बढ्दै गएको छ् ।

भारत उत्तर प्रदेश लगाएतका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्किन थालेका छन् । माहाकाली नगरपालिका क्षेत्र खुला सिमा क्षेत्र भएको हुँदा आवात जावतमा रोक लगाउन कठिन हुँदै आएको माहाकालीका स्थानिय प्रशासनले बताउदै आएको छ् ।

माहाकाली नगरपालिकाका स्थानियहरु भारतको नयाँदिल्ली, बम्बई, देहरादुन, बैंगलोर, सिमला पहाड लगाएतका स्थानमा रोजगारीका लागी जाने गर्दछन् । यस्तोमा उनीहरु फर्किदा एक जनामा पनि संक्रमण भए जोखिम बढ्ने सम्भावना बढेको माहाकाली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्टले बताएका छन् ।

माहाकाली नगरपालिका क्षेत्रमा रहेको नेपाल प्रहरी, सशस्त्र प्रहरीहरु संग जनशक्ती तथा अन्य श्रोत साधनमा कमी भएको कारण नेपाल–भारत सिमा क्षेत्रको आवत जावतमा पुर्णरुपमा रोक लगाउन समस्या देखिएको सुरक्षा श्रोतको भनाई रहेको छ् ।

कोरोना भाइरसले स्थानीयमा थप त्रास उत्पन्न भएको देखिन्छ । माहाकाली नगरपालिकाकार्यालयले माहाकाली नगरपालिका संग जोडिएका बाटोहरुमा आवागमनमा पुर्ण रोक लगाउने भनिएता पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको स्थानीयको आरोप छ् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले खुला सीममा आवागमनलाई रोक्न सिमा क्षेत्रका बाटोहरुमा आफ्नो सुरक्षाकर्मी दिनरात तैनाथ गर्दै आएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले माहाकाली नगरपालिकाका आवत जावतमा रोक लगाउदै आएको बताउदै खुला सिमा भएको कारण आवात जावतमा पुर्ण रोक लगाउन समस्या देखिदै आएको बताएका छन् ।

यता ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले सिमा क्षेत्रमा मोवाईल गस्ती बढाउदै आएको जनाएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले सशस्त्र प्रहरी संग समन्वय गरि आफ्नो वडा संग गाँसिएका नेपाल–भारत सिमा बाटोहरुमा आवत जावत गर्नेहरुलाई रोक्ने कार्य गर्दै आएका छन् ।

कोरोना भाइरस सर्न नदिन सिमा क्षेत्रमा आवात जावत गर्नेहरुलाई रोक्न खटिएका वडा अध्यक्ष पुष्कर जोशीले बताएका छन् । वडा अध्यक्ष जोशीले आफ्नो वडाका प्रत्येक घर घरमा पुगी स्वास्थ्य अवस्था जान्नका लागी वडामा रहेका ९ जना स्वास्थ्य स्वंयम् सेविकालाई परिचालित समेत गरेको उनले बताएका छन् । कोरोना भाइरसको सम्भावित खतरा रोक्नका लागी माहाकाली नगरपालिका क्षेत्रमा खासै तयारी नभएको स्थानियहरुले गुनासो गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here