ग्यास आपूर्ति सहज बनाउन रिटेल काउन्टर, कुन ग्यास लिन कहाँ जाने ?

काठमाडौं, ८ चैत । सरकारले ग्यास आपूर्ति सहज बनाउन निर्देशन दिएको छ। सरकारको निर्देशन अनुसार उद्योगीहरूले रिटेल काउन्टर खोलेर काठमाडौंमा ग्यास बिक्री गर्न लागेका हुन् ।

आयल निगम र एलपी ग्यास उद्योग संघ मिलेर विशेष डिलरमार्फत ग्यास बिक्री गर्ने जनाएका छन् ।

आइतबार बिहान १० देखि बेलुकी ५ बजेसम्म उपभोक्ताले मागे जति ग्यास दिने गरी १७ उद्योगले विशेष डिलरमार्फत ग्यास बिक्री गर्ने निर्णय गरेका छन् । आत्यावश्यक परेको खण्डमा ती स्थान तथा वितरकमा गइ ग्यास लैजान सकिनेछ ।

डिपोका साथै उपभोक्ताले घरनजिकै नियमित कारोबार गरिरहेको डिलरबाट समेत ग्यास पाउने उद्योगीले बताएका छन् । ‘डिलरबाट चाहेको समयमा छिटो ग्यास पाउन नसकेका उपभोक्ताका लागि विशेष डिलरबाट ग्यास दिने व्यवस्था गरिएको छ ।

ग्यास पाइने स्थानहरू
१) नेपाल ग्यास र तारा ग्यास : क) बीएमसी कर्नर, बालाजु ९८५१०३२२८३ । ख) अनामनगर स्टोर, अनामनगर ०१७७०४७८ । ग) एसएन स्टोर, सातदोबाटो ०१५५२७२७९ ।
२) सगर ग्यास र चण्डी ग्यास : बिक्री डिपो, जडीबुटी ।
३) एसटीसीः क) साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी । ख) गोदाम, जडीबुटी ।
४) ओम ग्यास : क) आदर्श स्टोस, थली डाँछी । ख) उत्सव खड्का, नैकाप ९८५१०२४२७१ ।
५) बाबा ग्यास, श्री ग्यास र लुम्बिनी ग्यास : क) भद्रा फ्युल सेन्टर, कपन ९८५१२३१०८२ । ख) इलाइट सिल अगाडि, धुम्बाराही
६) एचपी ग्यास : असिम किचेन एन्ड ग्यास सप्लायर्स ९५१०६०४३६
७) सिद्धार्थ ग्यास : केसी एलपी ग्यास सप्लायर्स ०१५२०१०३३
८) श्रीमाया ग्यास : कम्पनीको डिपो सतुंगल ०१५१०८१६२
९) लोकप्रिय ग्यास : भान्जा ट्रेडर्स नैकाप ०१४३१०५२
१०) राजधानी ग्यास : बिक्री डिपो, सीतापाइला ९८४९५६३४३५
११) सूर्य ग्यास : जोशी भीमसेन स्टोर, जगाती ९८४१७५३८१६
१२) गीता ग्यास : टोयोटा शोरुमको अगाडि, धुम्बाराही ९८४१७४५२६२
१३) हिमाल ग्यास : प्रयास ट्रेडर्स एन्ड सप्लायर्स, भगवतीबहाल ९७४१२४७६४५
१४) नमस्ते ग्यास : कुमार स्टोर कागेश्वरी मनहरा ९८४१६९३६७२
१५) भानु ग्यास : लीला ग्यास डिपो, गोंगबु ९८५१२४६२५४
१६) एभरेस्ट ग्यास र सुगम ग्यास : ग्यास एन्ड अक्सिजन ट्रेड सिफल ९८०१०९१२७७
१७) श्रीराम ग्यास : सेल्स डिपो, हरिसिद्धि ललितपुर ०१५२५१२२५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here