फर्म दर्ता, नवीकरण सम्वन्धी कार्य बन्द

काठमाडौं, ९ चैत । वाणिज्य सम्वन्धी फर्म दर्ता, नवीकरण र अन्य संशोधन सम्वन्धी कार्य बन्द भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सो अवधिभित्र अत्यावश्यक बाहेक सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द हुने बताएपछि सो कार्य बन्द भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

विभागले मातहतका कार्यालयबाट प्रत्यक्ष सेवा प्रवाह वा वाणिज्य सम्वन्धी सेवा बन्द भएको सुचना प्रकाशित गरेर जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संकमणको रोकथाम र न्युनीकरणका लागि बन्द भएको कार्यालय२१ गतेदेखि खुल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here