युवा उद्यमशीलतालाई प्रभावकारी र परिणाममुखी वनाउन ढुङेलको सुझाव

काठमाडौ, ९ चैत । राष्ट्रिय युवा परिषद निवर्तमान कार्यकारी उपाध्यक्ष माधव ढुङेलले सम्वन्धित निकाएको ध्यानाकर्षण गराउन केही सुझाव दिएका छन ।

युवाको क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै उहाँको कार्यकालमा राष्ट्रिय युवा परिषदमा युवाको क्षेत्रमा निकै काम भएको हुँदा उहाँको निम्न अनुभव सहितको सुझाव आगामी कार्ययोजनामा राखेर अगाडि बढाउन सके प्रभावकारी र परिणाममुखी नतिजा आउने कुरामा दुइमत छैन ।

-राष्ट्रिय युवा परिषद, युवा स्वरोजगार कोष र CTEVT को वीच एक अर्काका वीचमा लिंकको व्यवस्था गरिनु पर्छ।

-आम युवाको पहिलो सम्पर्क केन्द्र राष्ट्रिय युवा परिषद हुनु पर्छ , अवश्यकताको पहिचान गरि परामर्श र उद्यमशीलता विकाश र वित्तीय साक्षरताको आधारभुत तालिमको नेतृत्वको जिम्मेवारी युवा परिषदलाई गराउनु पर्छ ।

-युवा परिषदले scanning गरि प्राविधिक तालिमको लागि सिफारिश गरेका युवाहरुलाई सि.टि.भि.टी.बाट तालिम उपलव्ध गराउने व्यवस्था गरिनु पर्छ ।

-सि.टि.भि.टी.बाट तालिम प्राप्त युवाहरुलाई व्यवसायिक योजना सहित प्रस्ताव लिने र शुरुवाति पुँजीको आवश्यकता पहिचान गरि सहुलियतपूर्ण ऋणको लागि सिफारिस गर्ने जिम्मा राष्ट्रिय युवा परिषदलाई वनाउनु पर्छ ।

-राष्ट्रिय युवा परिषदको सिफारिसलाई प्रमुख अाधार वनाई उद्यमीलाई शुरुवाती पूँजीको लागि युवा स्वरोजगार कोषको समन्वयमा सहुलियतपूर्ण ऋण प्रदान गर्ने व्यस्था गरिनु पर्छ ।

– सवै मन्त्रालय र सरकारी निकाय मार्फत गरिने युवा लक्षित कार्यक्रमहरुलाई राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा सन्चालन गर्ने नीतिगत व्यवस्था गरिनु पर्छ ।

-एकै वर्षमा युवाहरुमा ठूलो जोश, उर्जा र उत्साहका साथ परिवर्तन ल्याउन सकिन्छ र आर्थिक रुपमा युवाहरु मार्फत ठूलो परिवर्तन ल्याउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here