बहराइनमा रहेका तीन जना नेपालीमा कोरोना सङक्रमण

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा बहराइनमा रहेका तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

कोरोना संक्रमणको शंका लागेर अस्पताल लगिएको छ जना श्रमिकमध्ये तीन जनामा कोरोना पोजेटिभ देखिएको बहराइन स्थित नेपाली दूतावासले जनकारी दिएको छ । दुतावासका अनुसार नेभेटिभ देखिएका अन्य तीन जनालाई पनि राखिएको छ ।

अहिलेसम्म बहराइनमा ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको छ । एक जनाको ज्यान गइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here