कोरोना भाइरसबारे बुझ्न यी चिकित्सकलाई फोन गर्नुहोस्

काठमाडौं, ९ चैत । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जनजीवन विश्वभर प्रभावित भएको छ ।

कोरोनाको त्रासले राजधानी छोड्नेको भिड लागेको छ । आईतबार देखि अत्यावश्यक सेवा बाहेक सबै ठप्प रहेका छन् । मानिसहरु घरबाटै काम गरिरहेका छन् ।

अत्यावश्यक बाहेकका कामका लागि मानिसलाई घर बाहिर ननिस्कन भनिएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर प्रभाव परेको छ ।

तर कोरोना भाइरसका कारण मानवीय गतिविधि घर भित्रै सीमित हुँदा वातावरणमा भने सकारात्मक प्रभाव परेको छ ।

मानिसमा कोरोनाको त्रास पनि उस्तै छ । सानोतिनो रुगाखोकी लाग्दा पनि त्रसित हुने अवस्थामा मानिसहरु पुगेका छन् ।

चिकित्सक संघले कोरोना भाइरसबारे जानकारी लिन चाहनेका लागि चिकित्सकको सम्पर्क नम्बर उपलब्ध गराएको छ।

आइताबार संघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको मोबाइल नम्बर दिएको छ।

अब देशभरका सर्वसाधरणले कोरोनाभाइरससम्बन्धी कुनै पनि परामर्श सेवाको आवश्यकता परेको अवस्थामा सोझै चिकित्सकलाई फोन गर्न सक्नेछन्।

संघले नागरिकहरूलाई यस्तो अवस्थामा नआत्तिन बरू चिकित्सकसँग आवश्यक सल्लाह लिन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here