डिजिटल कारोबारको सीमा बढ्यो, मोबाइलबाट १० लाखको कारोबार

काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाएको छ ।

भुक्तानी व्यवस्थापन विभागले आइतबार एक परिपत्र जारी गर्दै मोबाइटल तथा इन्टरनेटका माध्यमबाट गरिने र मोबाइल वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफरको सीमा बढाएको हो ।

केन्द्रीय बैंकले मोबाइ बैंकिङ (क्युआर कोण समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर १ लाख र प्रतिमहिना २ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ ।

इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को कारोबार सीमा भने यथावत राखेको छ ।

यस्तै, केन्द्रीय बैंकले मोबाइल वालेटबाट अन्य बैंक खातामा रकम ट्रान्सफर अथवा भुक्तानी गर्ने सीमा पनि प्रतिकारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ५ लाख पुर्यााएको छ । यसअघि यस्तो कारोबारको सीमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार मात्रै रहेको थियो ।

इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्टको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रहेको छ भने इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्फरको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ५० लाखसम्म रहेको छ ।

यता एजेन्ट वा सब एजेन्टबाट र बैंक खाताबाट वालेटमा रकम ट्रान्सफर गर्ने कारोबारको सीमा भने यथावत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here