१ सय ९२ देशमा फैलियो कोरोना, यी हुन् सबैभन्दा धेरै मृत्यु भएका ३ देश

काठमाडौं, १० चैत । चीनको बुहान राज्यबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ९२ देशमा फैलिएको छ ।

वल्र्ड डोमिटर्स डट इन्फोको तथ्यांक अनुसार कोरोना संक्रमण विश्वका १ सय ९२ देशमा फैलिएको छ ।

वल्र्ड डोमिटर्सको तथ्यांक अनुसार अहिलेसम्म १ सय ९२ देशमा ३ लाख ३८ हजार ७ सय २४ जनामा कोरोनाको संक्रमण देखिएको छ । यसका साथै कोरोना संक्रमणको कारण मृत्यु हुने मानिसको संख्या १४ हजार ६ सय ८७ जना पुगेको छ ।

अहिलेसम्म विश्वभर झण्डै एक लाख मानिसहरुको कोरोना विरुद्ध सफल उपचार समेत भएको छ । वल्र्ड डोमिटर्सको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ९९ हजार ३ जनाको कोरोना विरुद्ध सफल उपचार भएको छ ।

यी हुन् सबैभन्दा धेरै मृत्यु भएका ३ देश

कोरोना १ सय ९२ देशमा फैलिएपनि यसले केही देशमा भने अत्यन्त धेरै प्रभाव पारेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु भएको देश निम्न छन्ः

१. ईटाली

कोरोना भाइरसको कारण सबैभन्दा धेरै मानिसको मृत्यु हुने देशमा अहिलेसम्म ईटाली पहिलो स्थानमा छ ।

ईटालीमा ५९ हजार १ सय ३८ जनाका कारोना संक्रमण देखिएको । जसमा ५ हजार ४३ सय ७६ जनाको मृत्यु भएको छ भने ७ हजार २४ जनाको सफल उपचार भएको छ ।

२. चीन

कोरोनाको कारण धेरै मानिसको मृत्यु हुने देशमा कोरोना भाइरसको सुरुवात भएको देश चीन रहेको छ । चीनमा अहिलेसम्म कोरोनाको कारण ३ हजार २ सय ७० जनाको मृत्यु भइसकेको छ ।

चीनमा अहिलेसम्म ८१ हजार ९३ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ७२ हजार ७ सय ३ जनाको सफल उपचार भएको छ ।

३. स्पेन

कोरोनाको कारण धेरै मानिसहरुको मृत्यु हुने देशको सूचीमा स्पेन तेस्रो नम्बरमा छ । स्पेनामा अहिलेसम्म कोरोनाको कारण १ हजार ७ सय ७२ जनाको मृत्यु भईसकेको छ ।

स्पेनामा अहिलेसम्म २८ हजार ७ सय ६८ जनामा कारोनाको संक्रमण देखिएको छ भने २ हजार ५ सय ७५ जनाको सफल उपचार भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here