सुनको मूल्य बढ्ने क्रम जारी, सोमबार प्रतितोला ५०० रुपैयाँ बढ्यो

काठमाडौं, १० चैत । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ ।

आइतबार प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमबार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमबार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढ्यो ।

आइतबार प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमबार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ७०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

आज चाँदीको मूल्य भने यथावत नै रह्यो । सोमबार चाँदीको मूल्य प्रतितोला ७ सय २० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here