कोरोना संक्रमित महिलासँगै आएकाको खोजी गरिँदै, परिवारका सदस्य क्वारेन्टाइनमा

काठमाडौं । कतारबाट नेपाल फर्केका एक जना नेपालीमा कोरोना भएको पुष्टि भएसँगै संक्रमित महिलासँगै आएकाको खोजी गरिँदै छ ।

गत मंगलबार १९ वर्षीया एक युवती फ्रान्सबाट कतारको दोहा हुँदै गत चैत ४ गते नेपाल आएकी थिइन् । उनलाई कोरोना पोजेटिभ देखिएपछि उनको परिवारको परिवारका सदस्य क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमित महिलाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार भइरकेको छ ।

यसअघि आइतबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको पत्रकार सम्मेलनमा भने ६१२ जनालाई कोरोना परीक्षण गरेको तर, कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको बताएको थियो ।

गत मंगलबार नमुना संकलन गरिएको उनीलाई आइतबार पोजेटिभ देखिएको बताइएको छ ।

यसअघि माघ ९ गते चीनबाट आएका एक नेपालीमा पनि कोरोना देखिएको सरकारले पुष्टि गरेको थियो । उनलाई अहिले उपचारपछि निको भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here