गुठीसम्बन्धी सुझाब पेश गर्न समिति गठन, संयोजकमा श्रेष्ठ

काठमाडौं । गुठीसम्बन्धी राय सुझाब पेश गर्न नयाँ समिति गठन भएको छ । चैत ५को मन्त्रीस्तरिय निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिले काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान मोहीको विषयमा के गर्ने भन्ने विषयमा सरोकारवाला, गुठियार तथा जनप्रतिनिधिसँग आवश्यक छलफल गरी गुठी विधेयकमा राय सुझाब दिनेछ ।

त्यस्तै समितिले गुठीयार, सरोकारवाला, समाजसेवी, नागरिक समाज तथा जनप्रतिनिधिहरुको वस्तुस्थितीको चित्रण गरेर सुझाब दिन्छ ।

समितिको पहिलो बैठक बसेको १ महिनाभित्रमा मन्त्रालयमा सुझाब पेश गर्नुपर्ने छ । राष्ट्रिय सभाबाट सरकारले गुठी विधेयक फिर्ता लिएपछी गुठीसहित एकिकृत भूमि सम्बन्धी विधेयक ल्याउन फिर्ता लिएपछी गुठीसहित एकिकृत भूमि सम्बन्धी विधेयक ल्याउन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here