उपत्यकाका यी ठाँउमा दुई दिन बत्ती नबल्ने

काठमाडौं, १० चैत । कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाईन दुईदिन अवरुद्ध हुने भएको छ ।

चैत ११ र १२ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उपत्यकाका बत्ती जानेछ ।

नेपाल विद्युत प्राधिकरणले जनाए अनुसार कलङ्कीदेखि ढुंगेधारा सम्मको चक्रपथ विस्तार कार्यको लागि स्वीचाटार‌– स्वयम्भू फिडरबाट वितरित एच टी लाइनको जम्पर छुटाइ कार्य गर्नुपर्ने भएकोले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सो लाइनको विद्युत् अवरुद्ध हुन लागेको हो ।

उक्त फिडर अन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानीलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फ्याक्ट्री लगायतका ग्राहकमा असुविधा पर्ने भएको छ । प्राधिकरणले निर्धारित समय अगावै सो कार्य सम्पन्न भएमा समय भन्दा अगावै लाइन सुचारु गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here