कोरोना बिरामीलाई उपचार गर्न देउराली जनताले ४८ लाखको औषधि नि:शुल्क दिने

काठमाडौं, ११ चैत । देउराली जनता फर्मास्यूटिकल्स प्रालिले कोरोना संक्रमितको लागि औषधि नपाएर उपचारबाट वञ्चित हुन नदिने घोषणा गरेको छ ।

नेपालमा बिगत ३० वर्ष देखि औषधि उत्पादन गर्दै आईरहेको देउरालीले कोरोन संक्रमितको उपचारको लागि हाइड्रोसीक्लोरोक्विन सल्फेट ट्याब्लेट, ब्राण्ड–हाइक्विन २०० ट्याब्लेट नामक औषधि उत्पादन गरी औषधि नि:शुल्क दिन लागेको विज्ञप्ती मार्फत जनाएको हो ।

कोरोना भाइरसका बिरामीका लागि उपयुक्त हुने ४ लाख यस्ता ट्याबलेट १५ हजार जना बिरामीको लागि पुग्ने बजार मूल्य ४८ लाख बराबरको रहेको कम्पनीले जनाएको छ।

यस्ता औषधि सरकारले माग गरेको अवस्थामा नि:शुल्क उपलब्ध गराउने कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउने पनि कम्पनीले जनाएको छ।

हालै स्वास्थ्य सम्बन्धि विभिन्न निकायहरुले जारी गरेका अध्ययन प्रकाशनहरुमा कोरोनाको उपचारका लागि हाइड्रोसीक्लोरोक्विन सल्फेट ट्याब्लेट, ब्राण्ड–हाइक्विन २०० ट्याब्लेट नामक औषधि कोरोनाको उपचारका लागि उपयोगी हुने कुरा प्रकाशित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here