रिचार्ज गर्दा शतप्रतिशत बोनस, दुई सयसम्म सापटी !

काठमाडौं, १२ चैत । नेपाल दुरसञ्चार प्राधिकरणले मोवाइल फोन प्रयोगकर्तालाई रिचार्ज गरेजति नै रकम बोनस दिन निर्देशन दिएको छ ।

मंगलबार बसेको प्राधिकरणको संचालक समिति बैंठकले सबै दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

अहिले कोरोना भाइरसको कारण देश लकडाउन भएको समयमा हरेक ग्राहकलाई केही भएपनि राहत दिन कम्पनीहरुले रिचार्ज बराबर नै बोनस दिन र मोबाइल् प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी दिने प्राधिकरणले भनेको छ।

देश नै लकडाउन भएको समयमा मानिसले एक ठाउँबाट अर्को ठाउँमा पुगेर आफ्नो काम गर्न र आफन्तसँग कुरा गर्न सक्ने अवस्था नभएकाले बोनस र ऋण रकम बढाउन निर्देशन दिइएको हो ।

हालसम्म त्यस्तो सापटीको सिमा जम्मा ४० रुपैयाँ मात्रै थियो । त्यस्तै, रिचार्ज गर्दा शतप्रतिशत बोनस समेत पाइने भएको छ । प्राधिकरणले आगामी एक महिनाका लागि लागू हुने गरि सापटी र बोनसको व्यवस्था कार्यान्वयन गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

अहिले नेपालमा मुख्यत नेपाल टेलिकम, एनसेल, स्मार्टसेल लगायतका कम्पनीहरुले दुरसंचर सेवा प्रदान गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here