वाणिज्य बैंकका शाखाहरुले एलसी ट्रेजरीलगायत अत्यवश्यक सेवा दिने

काठमाडौं, १२ चैत । वाणिज्य बैंकका शाखाहरुले लकडाउनका बेलामा पनि एलसी ट्रेजरीलगायत अत्यवश्यक सेवा दिने भएका छन् ।

नेपाल बैंकर्स एसोसिएसनको बुधबार बिहान बसेको भर्चुअल (अनलाईन मार्फत बसेको) बैठकले अत्यावश्यक वस्तुको आयातमा बैंकले दिने सेवा सबै शाखाबाट उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले कुनैपनि एटिएमहरुमा नगदको अभाव हुन नदिन त्यहाँ पैसा हाली राख्ने निर्णय गरेको छ । यो निर्णयका कारण आम निक्षेपकर्ता ग्राहकको आवश्यकता अनुरुप पैसा निकाल्न पाउने अधिकारको समेत सम्मान हुने समेत एसोसिएसनले जनाएको छ ।

त्यसैगरी डिजिटल कारोबारलाई सहज बनाउन सो सम्बन्धी जानकारी दिने टेलिफोन र इमेल मार्फत कल सेन्टर संचालन गर्ने पनि सो बैठकले निर्णय गरेको छ ।

यो विपतको घडीमा सर्वसाधारणको कमाइको पूर्ण सदुपयोग हुन बैंकले आवश्यक शाखा खोलेर सेवा दिने भएका हुन् । संघले यो परिवेशलाई मध्यनजर गर्दै उपभोक्तालाई एटीएममा पर्याप्त रकम उपलब्ध गराउने, एटीएम नभएका शाखा सीमित समयका लागि खुला गर्नेलगायत निर्णय गरेको छ ।

संघको निर्णयअनुसार बैंकका शाखाहरुले एटीएममा पर्याप्त रकम राखिनेछ भने ती शाखाबाट नगर कारोबार हुनेछैन । तर, एटीएम नभएका शाखा भने सीमित समयका लागि खुला हुनेछन् । बैंकका शाखामा सर्वसाधारण विशेष गरी रकम झिक्ने आउने भएकाले एटीएम भएको शाखा नखोल्ने निर्णय गरेको संघले जनाएको छ ।

स्थ्ययसैगरी बैंकका शाखाहरुले दुई आधिकारिक व्यक्तिहरुको सम्पर्क नम्बर पनि ग्राहकलाई उपलब्ध गराउने भएका छन् । ग्राहकले ती व्यक्तिलाई अत्यावश्यक परेको खण्डमा सेवा लिन सम्पर्क गर्न सक्नेछन् ।

एसोसिएसनले एटिएम बुथसम्म सेनिटाईजर लगायतका सुरक्षा सामग्री पुर्याउन र बैकका कर्मचारीका लागी मास्क, सेनिटाईजर, पन्जा लगायतका सामग्री ढुवानीमा सहयोग गर्न स्थानीय प्रशाशनलाई अनुरोध गरेको छ ।

एसोसिएसनले आफ्ना ग्राहक तथा कर्मचारीको सुरक्षा आफुहरुको प्राथमिक सरोकारको बिषय भएको उल्लेख गर्दै एक जुट भएर सरकारले कोरोना नियन्त्रणका लागी गरेको प्रयत्नमा सहयोग गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here