अब आधा सिलिण्डर मात्र ग्यास पाइने

काठमाडौं, १३ चैत । आयल निगमले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको छ ।

माग अनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो ।

यसअघि सिलिण्डरमा १४ दशमलब दुई केजी ग्यास बिक्री हुँदै आएकोमा अव सात दशमलब एक केजी मात्रै दिने भएको हो ।

यसअघि भारतले गरेको नाकाबन्दीको समयमा पनि आधा सिलिण्डर ग्यास उपलब्ध गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here