कोरोना विरुद्धको अभियानमा विशाल ग्रुपको एक करोड सहयोग घोषणा

काठमाडौं, १३ चैत । नेपालमा कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणको लागि विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले एक करोड रुपैयाँ सहगोगको घोषणा गरेको छ ।

सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन सहयोग घोषणा गरेको हो ।

भीजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सनइ क्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्रीआपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here