बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण

काठमाडौं, १४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य जाँचका क्रममा जोनसनमा कोरोना पोजेटिभ देखिए हो ।

प्रधानमन्त्री बोरिसले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूमा कोरोना देखिए पछि सेल्फ आइसोलेशनमा बसेको जानकारी गराएका छन् ।

उनले कोरोना विरुद्ध लड्नका लागि सरकारले गर्ने बाँकी काम काम घरबाटै गर्ने बताएका छन् । साथै उनले सबैलाई कोरोना भाइरसबाट जोगिन घरमै क्वारेन्टाइनमा बस्न समेत सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here