नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित फेला

काठमाडौं, १५ चैत । बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बेल्जियमबाट नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो।

ती युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्।

शुक्रबार धनगढीमा पनि एक जना संक्रमित फेला परेका थिए। हालसम्म नेपालमा फेला परेका पाँच संक्रमितमध्ये एक जना उपचारपछि निको भइसकेका छन्। बाँकी ४ जनाको भने उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here