उपत्यकाबाट लकडाउन उल्लंघन गर्ने ६१७ जना पक्राउ, १०१ सवारी नियन्त्रणमा

काठमाडौं, १६ चैत । सर्वसाधारणले लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन। प्रहरीले दिनहुँ उल्लंघनकर्तालाई पक्राउ गर्ने र सवारी साधन नियन्त्रणमा लिइरहेको छ।

तर पनि सर्वसाधारणले हिँडडुल गर्न छाडेका छैनन्। लकडाउन उल्लंघन गरेको आरोपमा आइतबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ६१७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५१२ पुरुष र १०५ जना महिला रहेका छन् । बिहान साढे ७ बजेसम्म यो संख्यामा पक्राउ परेका हुन् ।

अत्यावश्यक कामबिना सडकमा निस्किएका उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यस्तै १०१ विभिन्न सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन आह्वान गर्दै आएको छ। उपत्यका बाहिरका जिल्लाहरूमा पनि मानिस पक्राउ पर्ने र सवारी साधन नियन्त्रणमा लिने काम भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here