काठमाडौं, १६ चैत । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार पाँच जनाको मृत्यु भएको छ । यो एकै दिनमा बढी मानिसको मृत्यु भएको पहिलो रेकर्ड हो । दिल्ली, केरला, तेलंगना, गुजरात र महाराष्ट्रमा एक एक जनाको निधन भएको छ । महाराष्ट्रमा ३३ जना थप संक्रमित भएका छन् ।
उत्तर प्रदेशमा ६६ जना संंक्रमित भइसकेको तथ्यांक छ । त्यहाँ शनिबार ११ जना संक्रमित भेटिएका छन् । बनारस, मेरट र गौतमबुद्धनगरमा संक्रमण भेटिएको हो ।