एनआईसी एशिया बैंकले स्थापना गर्‍यो सातै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’

काठमाडौं, १६ चैत । एनआईसी एशिया बैंकले लकडाउन अवस्थामा ग्राहकमा पर्न गएको असुविधालाई मध्येनजर गर्दै फोनबाटै समस्या समाधान तथा गुनासो संवोधन गर्न प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ ।

ग्राहकले आफूलाई परेका बैंकिङ सम्बन्धी समस्या वा गुनासो आफ्नो प्रदेशको ‘ग्राहक सहायता केन्द्र’ को सम्बन्धीत व्यक्तिसँग फोनमार्फत सम्पर्क राखी समाधान गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’ मार्फत ग्राहकले आफ्नो बैंकिङ समस्याको समाधान गर्न सक्ने बताएको छ । जसका लागि बैंकले प्रदेश सहायता केन्द्र र सम्बन्धित व्यक्ति समेत तोकेको छ ।

बैंकले ग्राहकलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा, बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सेवा सुचारु रहने जनाएको छ ।

ग्राहकले बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।

बैंकले हाल देशभरका ३१९ शाखा कार्यालय, ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here