बालाजु औद्योगिक क्षेत्रको गेटबाट दैनिक ग्यास बाँडिने

काठमाडौं, १६ चैत । विश्वभर कोरोना भाइरस फैलिएसँगै ग्यासको माग बढेको छ। दिनप्रतिदिन ग्यासको माग बढेपछि बालाजु औद्योगिक क्षेत्रको गेटबाटै नेपाल ग्यास वितरण हुने भएको छ ।

नेपाल ग्यास उद्योग प्रालिले एक सूचना निकाल्दै दैनिक ९:३० देखि १: ३० सम्म ग्यास वितरण गर्न लागेको जानाकारी दिएको हो । बजारमा ग्यास पठाउँदा समस्या आएकोले कम्पनीको गेटबाटै वितरण गर्न लागेको जनाएको छ ।

बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको थियो ।

कोरोना भाइरसको त्रासले एलपी ग्यासको अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राखेपछि वितरण प्रणालीलाई सहज बनाउन आधा सिलिन्डर वितरण गरिने जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here